जापानमा प्राप्त गर्नु भएको ज्ञान प्रयोगगरी जापानको संघ संस्थामा रोजगारी गर्न सकिन्छ । त्यसको लागि रोजगारी गर्नको लक्ष्य र रोजगारीको लागि आफुसंग भएको ज्ञान प्रष्ट हुनुपर्दछ । जापानको कम्पनीहरुले विदेशी विद्यार्थीहरुमा भएको जापानिज भाषाको ज्ञान , र विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई आधार लिएर रोजगारी प्रदान गर्ने गर्दछन ।
रोजगारी प्राप्त गरेपछि विद्यार्थी भिषाबाट श्रम योग्य भिषामा परिवर्तन गर्न सकिन्छ । अध्ययन समाप्त हुने अवधि सम्ममा पनि रोजगारीको टुङ्गो नलागेमा अध्यागमनबाट काम खोज्नको लागि १ वर्षको भिषा ( ६महिना + ६महिना ) को भिषा प्राप्त गर्न सकिन्छ ।
२०१६ बाट पढाइ सकेर काम खोजि रहेका विदेशि बिद्यार्थीहरुलै वार्ड कार्यलयहरुले कार्यवन गरैको रोजगार सहयोगमा सहभागि भएको अवस्थामा , अर्को एक बर्ष ६ महिन ६ महिनगर जम्मा गरेर पढाई सकिए पछि दुई बर्ष जापा बस्न पाउनै नियम छ ।