जापानमा उच्च शिक्षाको लागि भर्ना हुन १८ वर्ष उमेर पूरा गरि आफ्नो देश या अन्य देशबाट कम्तीमा १२ वर्षको अध्ययन पूरा गरेको हुनु पर्दछ । १२ वर्षको अध्ययन पूरा नगरेको अवस्थामा उच्चशिक्षाको लागि भर्ना हुन परेमा तयारी पाठ्यक्रम शिक्षण पुरा गर्न र्पछ । स्नाकोत्तरमा भर्ना हुनको लागी स्नातक या सो – सरहको अध्ययन पूरा गरेको हुनुपर्दछ । जापानको केही उच्च शैक्षिक संस्थावाहेक जापानिज भाषामा कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । केहीमा भने अंग्रेजी भाषाको लागि भर्ना हुनको लागि सबैभन्दा पहिले जापानिज भाषा स्कूलबाट जापानिज भाषा ( ६ महिनाबाट २ वर्ष ) अध्ययन गरेर भर्नाको लागि तयारी गर्नु पर्दछ । साथै जापानिज भाषा कौशल हुनेहरु सिधै उच्च शिक्षाको लागि भर्ना हुन पनि सकिन्छ । त्यसको लागि विद्यालय अनुसार फरक फरक प्रावधान हुने भएकोले राम्रो सँग बुझ्नु जरुरी हुन्छ । जापानिज भाषा कौशलता मापन गर्ने परिक्षाको लागि जापानिज भाषा प्रविणता परिक्षा ( JLPT ) र व्यावसायिक क्षमता मापन गर्नको लागि व्यावसायिक जापानिज भाषा प्रविणता ( BIT ) उपलब्ध छन् ।
1) जापानिज भाषा प्रविणता परिक्षा ( JLPT )
विदेशी नागरिकहरुलाई जापानिज भाषा प्रमाणिकरण गर्नका लागि , जापानिज भाषा प्रविणता परिक्षा लिने गरिन्छ । सार्वजनिक कानुन फाउण्डैशन जापान , शैक्षिक आदानप्रदान र स्वतन्त्र प्रशासनिक संस्था जापान फाउण्डैशन द्धाराजापान लगायत विभिन्न देशहरुमा वर्षको २ पटक जुलाई र डिसेम्बरमा लिने गरिन्छ ।
2) रिउगाकु सिकेन ( EJU : Examination for Japanese university admission for International Students )
यो परिक्षा विदेशी विद्यार्थीहरुलाई कलेजमा भर्ना हुनको लागी छनौट गर्ने परिक्षाको रुपमा सन २००२ देखि स्वतन्त्र प्रशासनिक एजैन्सी विद्यार्थी संगठन ( JASSO ) बाट लिइदै आएको छ । जापान लगायत विभिन्न देशहरुमा वर्षको २ पटक जुन र नोवेम्बरमा लिने गरिन्छ । परिक्षाको विषयहरु जापानिज भाषा , गणित , विज्ञान , भौतिक , रसायन र जिव मध्ये २ विषय छनौट गरी लिइने गरिन्छ । * चाइनामा यो परिक्षा लिइदैन ।
3) व्यावसायिक जापानिज भाषा प्रविणता परिक्षा ( BJT )
यो परिक्षा जापानिज भाषा मातृभाषा नहुनेको लागि मातृभाषा भन्दा पछिल्लो भाषाको रुपमा व्यावसायिक व्यक्तिलाई लक्षित गरिएको छ जापानी खान्जी प्रवीणता सहयोग फाउण्डेशन द्धारा चलन चल्तीको व्यावसायिक भाषा जापान लगायतको देशहरुमा वर्षको २ पटक जुन र नोभेम्बरमा लिइन्छ सुन्नै , सुन्दै पढने र पढने ( Listening , Listening and Reading , Reading ) प्रश्नहरु अनुसार तयारी गरिएको हुन्छ । परिक्षाको रिजल्ट पास , फेल नभईकन ० बाट ८०० अंकको स्कोरिङ्ग गरिन्छ । शैक्षिकपृष्ठभूमी बाहेक विदेशी विध्यार्थी लागी जापान मा बसी दैनिक जिवन जिउन र पढन पर्यात्त रकम तिर्न सक्ने क्षमता भएको हुनुपर्छ , छात्रवृत्ति पाउन सक्ने हुनुपर्छ ।